तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु - Nepalpatra Nepalpatra तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु - Nepalpatra
१९ असार २०७९, आइतबार

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु


शव फेला

तनहुँ । जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आज नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !