१२ बैशाख २०८१, बुधबार

सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त


सुनिल पौडेल

काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक समेत रहेका पौडेलले नेपाल टेलिकमको प्रवन्ध निर्देशकको जिम्मेवारी पाएका हुन् । उनी टेलिकमको कर्मचारी भन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् ।

दूरसञ्चारमा बुद्धि आचार्यसहित ३ जनाको नाम सिफारिस गरिएकोमा पौडेलले बाजी मारेका हुन् । नेपाल टेलिकममा पौडेल पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !