७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीवीच भेटवार्ता


शेरबहादुर देउवा र नरेन्द्र मोदी

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा हेरिएको बताइएको छ । दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल हुनुका साथै दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदै छ । आज शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको हो ।

नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने भएको हो । साथै उनले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदान-प्रदान हुने बताइएको छ । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल हुनेछ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !