१३ बैशाख २०८१, बिहिबार

सुनचाँदीका गरगहनासहित एकजना पक्राउ


पक्राउ

काठमाडौं । सुनचाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहनासहित सिन्धुलीको शीतलपाटी गाउँपालिका–१ का २४ वर्षीय राजेश पाख्रिन पक्राउ परेका छन् ।

उक्त नगद तथा विभिन्न सुनचाँदी गएको आइतबार दिउँसो तिलमाया मगरको कोठामा चोरी भएको थियो । पाख्रिनका साथबाट नगद २८ हजार ३३० रूपैयाँ, सुनको रानी हार, बाला, झुम्का, औँठी र चाँदी प्रहरीले बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !