८ बैशाख २०८१, शनिबार

निर्माण व्यवसायी मल्ल पक्राउ


पक्राउ

काठमाडौं । निर्माण व्यवसायी प्रेम कुमार मल्ल पक्राउ गरेको छ । प्रेरा निर्माण सेवाका प्रोपाइटर मल्ललाई जावलाखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मल्लले ज्योति कन्स्ट्रक्सनका सञ्चालक राजकिशोर गुप्तालाई ठगी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको ठगी मुद्दा अनुसन्धान गर्न मल्ललाई धनुषामा पठाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !