११ बैशाख २०८१, मंगलबार

महिला प्रहरीको मृत्यु प्रकरण : ६ जना पक्राउ


पक्राउ

मोरङ । मोरङको लेटाङमा भएको झडपबाट एक महिला प्रहरीको मृत्युु भएपछि उक्त घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !