८ बैशाख २०८१, शनिबार

काँग्रेसको आगामी चुनावी तालमेलबारे कस्ता गठबन्धन बन्लान् ?


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी । स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित पाँच दलको गठबन्धन बनेको थियो । एमसीसी अनुमोदन गर्ने निर्णयसँगै यो टिमबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । आगामी चुनावसम्म चार दल मिलेर अघि बढ्लान् कि नबढ्लान् भन्नेमा अन्योल कायमै छ ।

सिंहदरबारको चाबी कांग्रेसलाई सुम्पेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ । सहकार्य टुट्ने त्रासकै कारण उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न साथ दिए ।

तर, कांग्रेसले साथ लिएरै चुनावमा जानेमा ढुक्क देखिँदैनन् । ​भित्रीरूपमा काँग्रेस गठबन्धनको पक्षमा छैन । तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !