११ बैशाख २०८१, मंगलबार

राहदानी विभागमा किर्ते छाप प्रयोग गरेको आरोपमा १२ जना पक्राउ


पक्राउ

काठमाडौं । राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मिलन टोल बस्ने अमृत थापा, प्रज्ज्वल खड्का, जीवनकुमार श्रेष्ठ, रञ्जित कार्की, रामजी परियार, गोमा बजगाईं, मिठे मगर, रमेश बजगाईं, सन्दीप मैनाली, अभिषेक मगर, निरञ्जन तिवारी र मदन तामाङ पक्राउ गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न सरकारी तथा निजी कार्यालयका १० थान छाप बरामद भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !