८ बैशाख २०८१, शनिबार

अनुमति विना प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका ३२ वर्षीय फिलिप पक्राउ


पक्राउ

काठमाडौं । प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !