७ बैशाख २०८१, शुक्रबार

सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई दुई महिना कैद सजाय


उच्च अदालत दीपायल

धनगढी । उच्च अदालत दीपायलले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ ।

मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको हो ।

पाण्डेले धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !