१३ बैशाख २०८१, बिहिबार

जगदम्बा स्पिनिङ्ग मिल्समा आागलागीबाट ४ करोडको नोक्सानी


जगदम्बा स्पिनिङ्ग मिल्स

रूपन्देही । सौरभ ग्रुप अन्तर्गतको ३०० करोड लगानी भएको जगदम्बा स्पिनिङ्गग मिल्स लि.मा विद्युतीय शर्ट शर्किट भई फागुन २५ गते बिहान ३ बजे आगलागी हुँदा उद्योगको टि.एफ.ओ मेसिन, विद्युत प्यानेल, विद्युतीय तारहरु नष्ट भएको छ ।

सही समयमा सिद्धार्थ न.पा.का र लुम्बिनी संस्कृति न.पा.का दुईवटा दमकलको साथै उद्योग भित्र रहेका आगो निभाउने सन्यन्त्र प्रयोग गरी समयमै आगो निभाउने काम गरियो ।

उक्त कार्यमा ईलाका प्रहरी कार्यलय बेथरीबाट पनि आगो निभाउने काममा ठुलो सहयोग प्राप्त भएको थियो । उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारी बीच भागदौड हुँदा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !