११ बैशाख २०८१, मंगलबार

सवारी दुर्घटना वृद्धि भएकोमा राष्ट्रपतिको ध्यानाकर्षण, घटाउनेतर्फ ध्यान दिन आग्रह


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु”, भनेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !