८ बैशाख २०८१, शनिबार

दमौली आगलागी : करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान


दमौली आगलागी

तनहुँ । तनहुँको एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । क्षतिको विवरण प्राप्त नभइसकेको र विवरण लिने काम भइरहेको प्रहरीले जनाइएको छ । आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !