७ बैशाख २०८१, शुक्रबार

बाघको आक्रमणबाट एक जनाको मृत्यु


मृत

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट ४१ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–४ सैनवारकी लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको हो । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !