४ बैशाख २०८१, मंगलबार

राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने पूर्वराजाको टिप्पणी


राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने बताएका छन् ।

शाहले हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाउदै यस्तो बताएका हुन् । ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’, शाहले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !