७ बैशाख २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ४ जना घाइते


मृत्यु

रुकुम । रुकुममा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । प्रहरीका अनुसार भूमे गाउँपालिका–४ करालबगरमा रा १ च ३२४५ नंको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

प्रहरीका अनुसार मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !