८ बैशाख २०८१, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त


डा. तारानाथ शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !