बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते Nepalpatra बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते
१६ आश्विन २०७९, आइतबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते


मृत्यु

काठमाडौं । सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोट स्थायी घर भएका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको हो ।

कार्कीको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा साढे १० बजे राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दोलखा हावा-७ घर भएका २७ वर्षीय बलराम सुनुवारको उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !