१३ बैशाख २०८१, बिहिबार

महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेका छन् । जबराले आज सर्वोच्च अदालतबाट महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेर बाहिरिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी केन्द्रका सांसदले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको भन्दै जबराविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !