८ बैशाख २०८१, शनिबार

झापा दुहागडीको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी


झापा मगमग चाउचाउ आगलागी

बिर्तामोड । झापा जिल्लाको मेचीनगर नगरपालिका-१४ दुहागडीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ कारखानामा भीषण आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेदेखि लागेको आगो निभाउन अहिले ५ वटा दमकलले प्रयास गरिरहेतापनि आगो नियन्त्रणमा आउन सकेको छैन । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् ।

आगो नियन्त्रण लिनका लागि इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ । यो झापाको एकमात्र चाउचाउ उद्योग हो ।

बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । आगलागीको बारेमा थप खोजी र अनुसन्धान जारी छ । आगलागीबाट के-कति क्षति भयो विस्तृत विवरण आउन बाँकी रहेको छ ।

झापा मगमग चाउचाउ आगलागीझापा मगमग चाउचाउ आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !