६ बैशाख २०८१, बिहिबार

देउवाले भने, ‘अबको बैठकमा पदाधिकारी नियुक्ती, अर्ली महाधिवेशन हुँदैन्’


sher bahadur dewa

४ वैशाख, चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अब बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पदाधिकारी मनोनित गर्ने बताएका छन् ।

उनले बैशाख ७ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पदाधिकारी मनोनित गर्ने तयारी गरिसकेको जनाए । उनले भने,‘सबै तयारी भैसक्यो, कसलाई बनाउने हो भन्ने कुरा अहिले नभनौं ।’

त्यस्तै देउवाले आफ्नो पदावधि अझै तीन वर्ष बाँकी नै रहेकोले यो वीचमा पार्टीको संगठन निर्माणमा केन्द्रित हुने धारणा राखे । उनले भने,‘म अहिले सभापति छोड्दिन्, अर्ली महाधिवेशन पनि हुँदैन र बोलाउँदिन । बरु तीन वर्षभित्र महासमति हुन्छ ।’

उनले ५ वर्षभित्र सशक्त संगठन निर्माण गर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने उद्धघोष गरेका छन् । एमाले र माओवादी केन्द्र मिल्दा आफूहरु खुशी नै हुने उनको भनाई छ । ‘उहाँहरु मिल्दा हामी खुशी हुन्छौं, म त शुभकामना दिन चाहन्छु।’–देउवाले थपे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !