१२ बैशाख २०८१, बुधबार

चितवनमा फेरि गैँडा मृतावस्थामा फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी २ वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा २ चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !