१२ बैशाख २०८१, बुधबार

जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम ठगी गर्ने दुईजना पक्राउ


पक्राउ

काठमाडौं । सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न ब्यक्तिहरुको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थानसमेत प्रहरीले बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !