८ बैशाख २०८१, शनिबार

दुई जना भारतीय नागरिक पक्राउ


पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् ।

उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल ९बीओपी० ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !