जेसिबीको ठक्करबाट एक महिलाको मृत्यु Nepalpatra जेसिबीको ठक्करबाट एक महिलाको मृत्यु
९ आश्विन २०७९, आइतबार

जेसिबीको ठक्करबाट एक महिलाको मृत्यु


दुर्घटना

नवलपरासी । नवलपरासीमा जेसिबीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र जेसिबीको ठक्करबाट देवचुली नगरपालिका–१२ की ४० वर्षीया निर्मला कुमारी महतको मृत्यु भएको हो ।

जेसिबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !