६ बैशाख २०८१, बिहिबार

विमानस्थलबाट एक जना पक्राउ


पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह रहेका छन् ।

दुबईबाट हिमालयन एयरमा आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको छ । त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !