१२ बैशाख २०८१, बुधबार

चलचित्र ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)


Lamphu

३ वैशाख, काठमाण्डौ । वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा नव नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी दिवाना भएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई बालकलाकार, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !