६ बैशाख २०८१, बिहिबार

अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ महिलासहित ७४ जना पक्राउ


अनलाइन बिङ्गो

काठमाडौं । बौद्धबाट अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ जना महिलासहित ७४ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको हो ।

कोभिड–१९ महामारीमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको अवस्थाबाट प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !