१२ बैशाख २०८१, बुधबार

बुवाको हत्या आरोपमा छोरा खत्री पक्राउ


पक्राउ

विराटनगर । मोरङमा आफ्नै बुवाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन्। बेलबारी नगरपालिका-९ मा ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !