८ बैशाख २०८१, शनिबार

काठमाडौँको शंखरापुरमा घरभित्रै निस्सासिएर दम्पतीको मृत्यु


मृत

काठमाडौं । काठमाडौँ जिल्लाको शंखरापुरमा घरभित्रै निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो ।

उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।आफू बसेको घरको कोठाभित्रै उनीहरु आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घरभित्रै आगो बालेर सुतेका कारण उनीहरूको निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !