१३ बैशाख २०८१, बिहिबार

मतदान गर्न गएका प्रदेशसभा सदस्य दुर्घटनामा परेर घाइते


दुर्घटना

दाङ । लुम्बिनी प्रदेश सभाका एकजना सदस्य दुर्घटनामा परेर घाइते भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किदा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् ।

प्रदेश सभा सदस्य चौधरीको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !