१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनको २७ बुँदे आदेश जारी (पूर्णपाठसहित)


सिहदरवार_काठमाडौँ_लकडाउन

काठमाडौँ । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी २७ बुँदे आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै खालको आदेश जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र रोकथामका उक्त आदेश जारी गरिएको हो । आज मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेला लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

मन्त्रिपरिषद्को गत पुस ३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐनले दिएको अधिकार र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी मंगलबार राति १२ः०० बजेबाट लागू हुने गरी उक्त आदेश जारी गरिएको सिडिओ काठमाडौँले जनाएको छ।

माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा गर्न नपाइने आदेशमा उल्लेख छ । यस्तै विभिन्न गोष्ठी, सेमिनार, बैठकजस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्नु पर्नेछ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलापहरु पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा भनिएको छ ।

भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

जिप्रका काठमाडौंले जारी गरेको स्मार्ट लकडाउनको २७ बुँदे आदेश जारी (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !