हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु Nepalpatra हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु
९ आश्विन २०७९, आइतबार

हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु


धु्रवेले हात्तीले लखेट्दा फाइल फोटो

चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परि सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बागलुङ्को फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जङ्गली हात्ती ध्रुर्वेले आक्रमण गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !