१२ बैशाख २०८१, बुधबार

बोलेरोको ठक्करबाट दुईजना गम्भीर घाइते


दुर्घटना

ओखलढुंगा । बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाल र रूपा दाहाललाई ना १ ज ४९५१ नम्बरको गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !