७ बैशाख २०८१, शुक्रबार

तनहुँ जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ६ जना पुग्यो


दुर्घटना

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा हिजो शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

तनहुँमा जीप दुर्घटना : घटनास्थलमै ४ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !