७ बैशाख २०८१, शुक्रबार

विवाह व्रतबन्ध जस्ता धार्मिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाइने


छोरीको विवाह

काठमाडौं । विवाह व्रतबन्धमा २५ जना भन्दा बढी उपस्थित हुन नपाइने भएको छ । सरकारले कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले कोरोना महामारी नियन्त्रणका लागि थप कडाइ गर्ने भएको हो ।

हिजो शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधि नगर्न आग्रह गर्दै उक्त सीमा तोकेको हो । सरकारले विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको हो ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ । सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !