७ बैशाख २०८१, शुक्रबार

जबर्जस्ती करणी गर्ने भट्टराईलाई जन्मकैद


पक्राउ

काठमाडौं । जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको सजाय दिइएको हो ।

भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो ।

भट्टराईलाई जन्म कैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !