करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु Nepalpatra करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु
१४ माघ २०७८, शुक्रबार

करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु


करेन्ट

संखुवासभा । संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । एक स्थानीयका अनुसार सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुरको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !