अपहरणमा परें भन्ने शिक्षक हत्या गरी फरार भएको खुलासा Nepalpatra अपहरणमा परें भन्ने शिक्षक हत्या गरी फरार भएको खुलासा
१४ माघ २०७८, शुक्रबार

अपहरणमा परें भन्ने शिक्षक हत्या गरी फरार भएको खुलासा


पक्राउ

धनगढी । बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ । आफू अपहरणमा परेको दाबी गरेका हरिश अवस्थीले सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा फेला पारेको छ । डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !