८ बैशाख २०८१, शनिबार

ट्राफिक जरिवान बढेसँगै नियम उल्लङ्घन गर्ने तीन गुणाले घटे


traffic-rule-violetion

ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्गन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा कमी आएको हो । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि दैनिक ४०० देखि ७०० सम्म पर्ने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उलङ्घनको रकम बढाएपछि कारबाहीको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रकम बढाएपछि चालकले ट्राफिक नियमको पालना गरेका छन् त्यसैले समेत कमी आएको हो ।”

गत असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उलङ्घन गर्नेलाई शुल्क बढाउने निर्णय गरेअनुसार जेठ १ गतेबाट ट्राफिक जरिवाना वृद्धि भएको थियो । महाशाखाका सहप्रवक्ता भट्ट कारबाहीको शुल्क बढेपछि उपत्यकामा हुने ट्राफिक जाममा समेत कमी आएको दाबी गर्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !