४ बैशाख २०८१, मंगलबार

प्रदेश १ सवारी दुर्घटना : २ जनाको मृत्यु, २ जना घाईते


दुर्घटना

विराटनगर । प्रदेश नम्वर १ को सुनसरी र उदयपुर जिल्लामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

हिजो बेलुका सँवा ४ बजे सुनसरी दुहबी नगरपालिका १० बुद्धचोकस्थित ईनरुवा-दुहबी सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल सवार दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जित नारायण उरावको बिराट नर्सिंह होम विराटनगर उपचारको क्रममा बेलुका साढे १७ बजे मृत्यु भएको छ भने अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ ।

ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । यसै गरी हिजै बेलुका साढे ५ बजे उदयपुर त्रियुगा नगरपालिका ४ बगाहा स्थितमा गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ -०१-००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो ।

घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको छ । ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !