७ बैशाख २०८१, शुक्रबार

शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध हुने


शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध हुने

काठमाडौं । नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । शिवम् यसअघि ४३ ग्रेड ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो ।

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती सँगै शिवम् सर्वोउत्कृष्ट ओ.पी.सी. सिमेन्ट उत्पादन साथै विक्री वितरण गर्ने तथा एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको जनाएको छ ।

ओ.पी.सि. सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन.एस. क्वालिटी अर्वाड–२०१९ पाएको थियो ।

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस–४९ प्रमाणिकरण गर्दै आइरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरू कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्त्ध थिए ।

नेपालमा एन.एस. ४९ को मापदण्ड अनुरूप उत्पादन तथा विक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.–५७२ प्रमाणिकरण गर्न अनिवार्य छ । जसका लागि विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एन.एस.–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !