६ बैशाख २०८१, बिहिबार

मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ जना घाइते


दुर्घटना

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ८ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।

घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !