१३ बैशाख २०८१, बिहिबार

ट्रक दुर्घटना हुँदा कार्कीको मृत्यु


दुर्घटना

सिन्धुपाल्चोक । मेलम्चीमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्रोतका अनुसार आज बिहान नगरपालिका–१० शिखरपुरमा बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रक दुर्घटना भएको हो ।

जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको स्रोतले बतायो । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !