१३ बैशाख २०८१, बिहिबार

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी


इन्द्रेणी कम्प्लेक्स

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी भएको छ । बानेश्वर प्रहरीका अनुसार कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

आज दिउँसो साढे ३ बजेपछि कम्प्लेक्सको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ भने आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !