८ बैशाख २०८१, शनिबार

पूर्वअधिकृत थपलियाविरुद्ध एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

थपलियाले १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले बिहीबार थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनले २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन तथा लगानी गरेको देखिएको र उक्त रकममध्ये १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्डाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !