विद्यार्थी लिएर घुम्न गएरको जीप दुर्घटना हुँदा १२ जना घाइते Nepalpatra विद्यार्थी लिएर घुम्न गएरको जीप दुर्घटना हुँदा १२ जना घाइते
१३ माघ २०७८, बिहिबार

विद्यार्थी लिएर घुम्न गएरको जीप दुर्घटना हुँदा १२ जना घाइते


दुर्घटना

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । स्रोतका अनुसार मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको स्रोतले बतायो । स्रोतका अनुसार दुई जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ ।

जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !