८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, १ जना घाईते


दुर्घटना

बिराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक कोशी गाँउपालिका-२ का १८ बर्षिय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगारपालिका-११ स्थितमा बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ -०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा-१३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको आज बिहान २ बजे मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !