१३ बैशाख २०८१, बिहिबार

कर्मचारीको तलब २० प्रतिशत बढ्ने


budget-nepal

काठमाडौं, ९ जेठ – नयाँ बजेट मार्फत सरकारले सरकारी कर्मचारीको तलब २० प्रतिशत बढाउने भएको छ । एक उच्च सरकारी अधिकारीले लोकान्तरलाई दिएको जानकारी अनुसार १५ देखि २५ प्रतिशत तलब बढाउने प्रस्ताव आएपनि सरकारले २० प्रतिशत बढाउन लागेको हो ।

बजेटमा कर्मचारीको तलब ‘फ्ल्याट’ मा बढाइने छ । यसको अर्थ कार्यालय सहयोगीदेखि प्रमुखसम्मको तलब समान रूपले बढ्नेछ । तीन वर्ष यता कर्मचारीको तलब बढेको छैन । खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले तीन वर्षअघि कर्मचारीको तलब १० प्रतिशत बढाएको थियो ।

अब बढ्ने २० प्रतिशत तलब निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक लगायतको हकमा लागू हुनेछ । निजामती कर्मचारीको संख्या ७६ हजार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक लाख, नेपाली सेनाको ९९ हजार र शिक्षकको संख्या दुई लाख छ । यसरी हेर्दा झण्डै पाँच लाख सरकारी कर्मचारी अव बढ्ने तलबबाट लाभान्वित हुनेछन्

तीन वर्ष यता नबढेकाले योपटक कर्मचारीको तलब जसरी पनि बढाउनैपर्ने दबाब छ,’ स्रोतले भन्यो, ‘२० प्रतिशत तलब बढाउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र अर्थ सचिवबीच सहमति भइसकेको छ ।’ कर्मचारीको तलब हरेक वर्ष पुनरवलोकन गर्नुपर्ने सरकारी नीति भएपनि व्यवहारमा त्यो लागू भइरहेको छैन । अहिले सचिवको तलब ४१ हजार एकसय ३०, सहसचिवको ३२ हजार एकसय २०, उपसचिवको २७ हजार तीनसय ७०, शाखा अधिकृतको २४ हजार चारसय, नायब सुब्बाको १८ हजार आठसय, खरिदारको १७ हजार ७ सय ३० छ । कार्यालय सहयोगीको न्यूनतम तलब १२ हजार देखि सुरु हुन्छ । कार्यालय सहयोगीलाई तह हेरेर १२ हजारदेखि १७ हजार रुपैयाँ सम्म मासिक तलब दिइन्छ । यसअघि सरकारी कर्मचारी आबद्ध विभिन्न संघसंस्थाले तलब बढाउनुपर्ने आवाज उठाउँदै आएका थिए । ‘महंगी बढिरहेको छ, दैनिक खर्च बढ्दो छ,’ नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुबोध देवकोटाको भनाइ छ,’ त्यसैले कर्मचारीको तलब कम्तीमा पनि ५० प्रतिशतले बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ कर्मचारी संगठनहरूले कार्यालय सहयोगीको तलब न्यूनतम २५ हजार र सचिवको तलब एकलाख रुपैयाँ हुनुपर्ने माग गर्दै विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका थिए । ‘अघिल्लो वर्ष भूकम्पले सिंगो राष्ट्र र जनता पीडामा रहेकाले तलब नबढ्दा पनि हामी चुप लागेर बस्यौं,’ नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकालको भनाइ छ, ‘तर यो वर्ष जसरी पनि तलब बढाउनुपर्छ भनेर हामीले पटकपटक सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै आएका छौं, तलब नबढे कर्मचारीको आक्रोश बढ्छ र कार्य सम्पादनमा पनि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !