प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते Nepalpatra प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते
८ आश्विन २०७९, शनिबार

प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते


दुर्घटना

प्यूठान । प्यूठान जिल्लामा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा बावुछोरा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका प्यूठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ६ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते हुनेहरुको प्यूठान अस्पतालमा उपचार जारी रहेको छ । ना ८ ख ३९०३ नम्बरको टिपरले लु १ ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिएको स्थानीयहरुले बताएका छन् ।

मृतकका आफन्त घटनाका दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव उठाउन नमानेकोले अहिले भालुबाङ-प्यूठान सडकखण्ड ४ घण्टादेखि अवरुद्ध रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !